प्रधानमन्त्री देउवालाई भेट्न शशांक बालुवाटारमा

काठमाडौं । काँग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लाग्नुभएको छ ।

महाराजगन्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लाग्नुभएको हो । आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार तर्फ निस्कनुभएको हो ।

कोइराला देउवा भेट्न हिँडे पनि उहाँको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहनुभएको छ । आजै कोइरालालाई काँग्रेस नेता एनपी साउदले पनि भेटनुभएको थियो ।

Back to top button