खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल १ मतले विजयी

कालीकोट । विक्रम संवत् २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः १ मतले विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गर्नु भएको थियो ।

नेकपा एमालेको सूर्य चिह्नबाट विजयी हुनुभएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाउनु भएको थियो भने माओवादीको हँसियाहथौडा चिह्नबाट निर्वाचनमा लड्नु भएका कार्कीले १४१ मत पाउनु भएको थियो ।

कार्कीले मत परिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गर्नु भएको थियो। जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गर्नु भएको थियो।

Back to top button