नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ। शुक्रबारदेखि शुरु भएको बैठक आज पनि बस्ने भएको हो।

शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । अब बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।

पुस १८ गते सम्पन्न माओवादीको आठौं महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष चयन गरेको थियो । त्यसपछि बैठक गत शुक्रबार बसेको हो ।

माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गरेको छैन। आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने सम्भावना छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन्।

Back to top button