
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सुरु भएको छ। बैठक केही बेरअघिबाट सुरु भएको अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले बताउनुभयो ।
बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ।