विराटनगर महानगरका एमाले अध्यक्ष थापाको जन्मदिनमा बृद्धाश्रममा भोजन

विराटनगर । नेकपा एमालेका विराटनगर महानगरका अध्यक्ष सागर थापाले आफ्ना् जन्मदिनको अवसरमा वृद्धाश्रममा भोजन गराउनुभएको छ ।  बिहान विराटेश्वर वृद्ध आश्रममा रहनुभएका ६३ जना वृद्धवृद्धालाई भोजन गराउनुभएको हो ।

ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी नेकपा एमालेको आफू कार्यकर्ता रहेको भन्दै उहाँले ज्येष्ठ नागरिकको सम्मान र सहयोगको लागि वृद्धाश्रममा आश्रितहरूसँग जन्मदिन मनाएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘जन्मदिनको अवसरमा आमाबुबासँग भोजन गर्न आएको हुँ ।’

विराटनगर महानगरपालिकको मेयरको बलियो दावेदार रहनुभएका थापाले वृद्धवृद्धासँग आशीर्वादसमेत लिनुभएको छ । वृद्धवृद्धालाई भोजन गराउन एमालेका विभिन्न तहका नेता कार्यकर्तासमेत पुग्नुभएको थियो ।

Back to top button