
काठमाडौं । भारतमा आगलागीको घटनामा एक नेपालीको मृत्यु भएको छ।
हिजो हरियाणा हिसारस्थित राम चाट भण्डारमा भएको आगलागीमा परी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको हो ।
माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको पहलमा पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ दिलाइएको जनाइएको छ ।