भरतपुरमा असन्तुष्ट कांग्रेस नेतृत्वद्धारा विरोध प्रदर्शन, पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी

चितवन । भरतपुर महानगरपालिकाको मेयर नपाएपछि नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेताहरुले सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट नेताहरुले आजै विरोध  प्रदर्शन गरेका छन् ।

विरोध कार्यक्रममा केन्द्रीय नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, जगन्नाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शम्भु अर्याल, कृषि तथा वन विश्वविद्यालयका पूर्व रजिस्टार श्रीकान्त घिमिरेलगायतले सम्बोधन गर्नुभएको छ ।

उहाँहरुले गठबन्धनको निर्णय सच्याउँदै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने अन्यथा नेपाली कांग्रेस एक्लै लड्नुपर्नेमा जोड दिनुभएको छ ।

Back to top button