त्रिवि अन्तर्गतका क्याम्पसहरु २३ दिनका लागि बिदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसहरूमा यही बैशाख २२ गतेदेखि बिदा हुने भएको छ ।

त्रिवि कार्यकारी परिसद्को हिजो बसेको बैठकले बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय गरेको हो ।

सो बिदा सन्त्रान्त (सेमेस्टर) बिदा दिइने क्याम्पसहरूमा अध्ययन संस्थानले निर्णय गरे बमोजिम र अन्य क्याम्सहरूमा परीक्षाहरू यथावत् रहने गरी २३ दिनसम्म दिइने त्रिवीले जनाएको छ ।

Back to top button