तोलामा ७ सयले घट्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ।

आज सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन तोलाको ९८ हजारमा कायम भएको छ। हिजो सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top button