विराटनगर महानगरमा एमालेबाट मेयरका उम्मेदवार थापाद्धारा मतदान

विराटनगर । स्थानीय तहको निर्वाचन अन्तर्गत आज देशभर मतदान भइरहेको छ । विराटनगर महानगरमा पनि बिहान ७ बजेदेखि नै मतदान भइरहेको छ ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार सागर थापाले बिहान ७ः ५५ मा विराटनगर– ४ स्थित श्री आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यसैबिच नेकपा एमालेबाटै उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगर ११ स्थित जनपथ मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

Back to top button