मोरङमा १० प्रतिशत भन्दा बढी मतदान सम्पन्न, मतदान शान्तिपूर्ण

विराटनगर । स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङमा १० प्रतिशत भन्दा बढी मतदान सम्पन्न भइसकेको छ । शान्तिपूर्ण रुपमा जारी रहेको मतदान सुरुमा प्रकृया पुरा गर्ने क्रममा केहि ढिलो सुरु भएपनि उत्साहप्रद रुपमा मतदान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले मोरङको लेटाङ स्थित एक केन्द्रमा बाहेक अन्य केन्द्रमा करिब करिब समयमा नै मतदान सुरु भएको हो ।

प्रकृया पुराउँदा केहि मिनेट तलमाथि भएपनि समयमा नै सुरु भएको उहाँले बताउनुभयो । बिहान ११ बजेसम्म जिल्ला भर औषतमा १० प्रतिशत भन्दा बढी मतदान भइसकेको छ ।

विराटनगर–४ कञ्चनबारीस्थित श्री आधारभूत विद्यालय मतदानकेन्द्रमा लामबद्ध मतदाता

‘मतदान केन्द्रमा कतै १० कतै २० प्रतिशतसम्म मतदान भइसकेको छ’, उपरीक्षक कोइरालाले भन्नुभयो,‘जनताको उपस्थिती उत्साहप्रद देखिन्छ बढी मतदाता भएका केन्द्रमा दुई घण्टासम्म लाईन बस्नु परेको पाइयो ।’

लेटाङको शान्ति भगवती माविमा मतदाता नामावलीमा विवाद हुँदा ९ः२५ बजेदेखि मात्रै मतदान सुरु भएको हो । मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदान ढिलो सुरु भएको हो ।

Back to top button