विराटनगर– १६ मा कांग्रेसका भूजेल निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १६ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार उद्वव भूजेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न भएको वडाको मतगणनामा भूजेल ७ सय ५२ मत ल्याएर विजयी हुनुभएको हो ।

भुजेलको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार महर्जनलाई ६७ मतको अन्तरले पराजित गर्नुभएको हो । महर्जनले भने ६ सय ८५ मत प्राप्त गर्नु भएको थियो । यसअघि कांग्रेसको मनोज सुब्बाले जित्नु भएको वडामा हाल कांग्रेसकै भूजेल निर्वाचित हुनुभएको हो ।

Back to top button