विर्तामोड । प्रहरीले बालिका बलात्कार गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले पोख्रेललाई हिजो झापाको गौरीगञ्जस्थित वडा नं–२ बाट ड्युटीमा रहेकै अवस्थामा पक्राउ गरेको हो।
पोख्रेलले गतमंगलबार १४ वर्षीया बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ।
पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो। स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट पोखरेल म्यादी प्रहरी बन्नुभएको हो ।