थप २५ जनामा कोरोना संक्रमण, १५ जना मुक्त

काठमाडौं । देशभरमा पछिल्लो समय ३ हजार ९ सय ५ जनाको कोरोना परीक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोना मुक्त भएका छन्।

हाल कोरोनाबाट मृत्यु हुनको संख्या शून्य छ। हाल ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Back to top button