काठमाडौं । सुनको मूल्य आज प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ।
हिजो प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजावी सुनको मूल्य पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदी प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो दिन यता चाँदीको मूल्य घटदो क्रममा छ।