पोखरा हेम्जाका ३ सय भन्दा बढी डुवानमा

पोखरा । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका तीन सय भन्दा बढी घर डुबानमा परेका छन् ।

गएरातिदेखिको अविरल वर्षाका कारण हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको हो ।

पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा परेको छ । डुबान र पहिराका कारण करिब ५ सय मानिस विस्थापित भएका छन् ।

सुरक्षित स्थानतर्फ गएकाहरु स्थानीय विद्यालय, मन्दिर तथा आफन्तकोमा आश्रय लिएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेकाले यकीन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभएको छ ।

Back to top button