चन्द्रागिरिको जंगलमा हराएका विदेशीको उद्दार

काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ जना विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । हिजो साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो ।

यस्तै, टर्च, डोरी, स्ट्रेचरलगायतका सामाग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक खण्डदेखि १०० मिटर तल भिरमा फसेको अवस्थामा उद्दार गरेको हो ।

उनीहरुलाई डोरीको सहायतले सुरक्षित स्थानमा ल्याएर साथीहरुको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले उद्दार गरेकोहरुमा अमेरिकाको पोटोरि घर भएका ३४ वर्षका डग्लस रो, भारत चण्डीगढका ३० वर्षका नवप्रित डिलोन र भारत मुम्बईका २९ वर्षका माधव गुप्ता रहनुभएको छ ।

Back to top button