मोरङमा कन्टेनरभित्र पुरुषको शव फेला

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र एक पुरुषको शव फेला परेको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५,५० वर्षीय पुरुषको शव फेला परेको हो ।

चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएको प्रहरीले बताएको छ । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताउनुभयो ।

चालकसँगैको अर्को सिटमा शव रहेको र कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

Back to top button