भारतमा एकदिनमा झण्डै १६ हजार संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसबाट एकदिनमा झण्डै १६ हजार नयाँ संक्रमित भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८ सय १५ जना संक्रमित भएका हुन् ।

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन्।

एउटै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ। संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २ सय ६४ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ।

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या ५ लाख २६ हजार ९ सय ९६ पुगेको मन्त्रालयको भनाइ छ। पछिल्लो एक दिनमा ३ लाख ६२ हजार ८ सय २ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

Back to top button