नेसपाका नेता खतिवडाद्धारा पार्टी परित्याग

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टीको साधारण सदस्य त्यागेको घोषणा गर्नुभएको छ । उहाँले आज बिहान एक ट्वीट सन्देशमार्फत् पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

‘करिब ८ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु,’ उहाँले लेख्नुभएको छ, ‘आजबाट जसपा–नेसपा लफडाबाट पूर्णतःमुक्त छु । नेसपा–माओवादी एउटै चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिनँ।’

Back to top button