एमाले प्रवेश गर्ने भएपछि सुदुरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

धनगढी । नेकपा एकिकृत समाजवादी परित्याग गर्दै एमालेमा प्रवेश गर्ने भएपछि सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ ।

उहाँलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेको उहाँका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभएको छ । चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको कुँवरले बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएको छ । उहाँले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् ।

त्यस क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

Back to top button