थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ५० जनाको परीक्षणमा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १६ जना र १ हजार ६ सय ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये २ हजार ३ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ४३ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।

यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Back to top button