विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । आज एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो ।
ताप्लेजुङ फुङ्लिङ नगरपालिका – २ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिनुभयो ।
११ हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सरकारबाट प्राप्त भएको शैक्षिक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो । ताप्लेजुङका अन्य विद्यालयमा भोली शैक्षिक सामग्री वितरण गरिने उहाँले जानकारी दिनुभयो ।