नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्नु हुने छ ।

एमाले मुख्यालय च्यासलमा उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने तयारी छ । ओलीलाई भेटन् खनाल हिजो बालकोट पुग्नुभएको थियो ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो । खनाल काठमाडौं या तनहुँबाट चुनाव लड्ने तयारीका साथ एमाले प्रवेश गर्न लाग्नुभएको स्रोतले बताएको छ ।

Back to top button