रवीन्द्र मिश्रद्धारा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

राप्रपासँग एकता गरेको दुई दिनपछि नै आज मिश्रले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित हुनुभयो ।

उपाध्यक्ष मिश्र २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहनुभएका मिश्रले १० हजार १ सय १८ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९ सय ३६ मतका साथ निर्वाचित हुनुभएको थियो ।

यस पटक पनि मिश्रको प्रतिस्पर्धी सिंह नै हुने देखिन्छ ।

Back to top button