राष्ट्रपति भण्डारीद्वारा नव कन्याको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतार स्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नव कन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गर्नुभएको हो ।

सो अवसरमा उहाले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार समेत प्रदान गर्नुभयो। ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो।

दशैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नव कन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ ।

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए। सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो।

Back to top button