
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुग्नुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा जानुभएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाउनु भएका पौडेलको योजना अनुसार ओली त्रिपुरेश्वर पुग्नुभएको हो । यसअघि १६ साउनमा ओली पशुपतिको गंगा आरतीमा पनि सहभागी हुनुभएको थियो ।