
विराटनगर । निर्वाचन आयोगले आज जारि प्रदेश तथा प्रतिनिधि सभा सदस्यको मतदान प्रकृयामा भाग लिँदा नाम नभेटिएकालाई आयोगमा फोन गर्न आग्रह गरेको छ ।
आयोगले सूचना जारी गर्दै मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। त्यहाँबाट मतदाताको उचित समस्याको समाधान गरिने जनाएको छ ।