सबैलाई धन्यवाद दिँदै पर्शुराम बस्नेतको प्रतिबद्धताः मैले हारेपनि सधै जनताको सेवामा समर्पित हुन्छु (भिडियोसहित)

विराटनगर । मोरङ क्षेत्र नम्बर ६(२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएका नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य पर्शुराम बस्नेत (कृष्ण) सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै निरन्तर जनताको सेवामा समर्पित हुने बताउनुभएको छ ।

आज धन्यवाद ज्ञापनका लागि पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले क्षेत्रका सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी पार्टीका नेता कार्यकर्ता तथा शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘अझै जनताको माझमा रहेर काम गर्न र जनताको मन जित्न बाँकी रहेको महशुष मलाई भएको छ, अहिलेका कमजोरीहरुलाई हटाउँदै जनताको माझमा रहेर काम गर्नेछु ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साह, नेकपा एमालेको मोरङ ६(२) निर्वाचन परिचालन कमिटीका संयोजक मीनकुमार आचार्यलगायतले सम्पूर्णलाई बधाई ज्ञापन गर्नुभयो ।

 

 

Back to top button