मलंगवाबाट लागुऔषधसहित २ जना पक्राउ

सर्लाही । मलंगवा नगरपालिका–४ शिवसागर चोकबाट लागुऔषध गाँजा २ केजी ५ सय ग्रामसहित २ जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २–०२–००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसमेत गरी २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस्तै, घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button