यू–१९ राष्ट्रिय पुरुष क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्न सफल

काठमाडौं । यू–१९ राष्ट्रिय पुरुष क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाउनुभयो भने दिपक बोहोराले २५ रन बनाउनुभयो । अनुराग सिंहले २२ बनाउनुभयो भने मिलन बोहोराले ६ रन बनाउनुभयो । यस्तै, अर्का दिपक बोहोरा शुन्य रनमा आउट हुनुभएको थियो ।

लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १–१ विकेट लिनुभयो । त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरका मिलन धामीको घातक बलिङमा २९.१ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले ९२ रन मात्रै बनाउन सक्यो ।

आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाउनुभयो भने नर सार्कीले ११ रन बनाउनुभयो । बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिनुभयो । हेमन्त धामी र नरेन साउदले समान २–२ विकेट लिनुभयो । उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्‍यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझाएको छ ।

यस्तै, गत ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका टिम सहभागी थिए ।

Back to top button