मंसिरे पूर्णीमाले मानव जीवन र प्रकृतिबिचको सम्बन्धलाई उजागर गर्छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिरे पूर्णिमाले सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै सामाजिक एकता कायम राख्न सहयोग गर्ने बताउनुभएको छ ।

किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा शुभकामना दिँदै भण्डारीले यस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्न अहम् भूमिका निभाएको बताउनुभएको छ ।

​उधौली पर्वले जाडो मौसममा मानिस, वन्यजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्ने उल्लेख गर्दै उहाँले यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्ने र पारिवारिक, सामुदायिक तथा सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याइरहेको बताउनुभएको छ ।

यस्तै यो पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।

Back to top button