नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनको बधाई

काठमाडौं । चीनको विदेश मन्त्रालयले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ। आज बधाई ज्ञापन गर्दै मन्त्रालयले चीनले नेपाल सरकारसँग द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता माओ निङले आज आयोजित पत्रकार सम्मेलनमा नेपालमा सहज तरिकाले निर्वाचन सम्पन्न भएको र नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिनुभएको हो ।

निङले दुई देशले संयुक्त रूपमा बेल्ट एण्ड रोड इनिसिएटिब परियोजनालाई अगाडि बढाउने तथा दुई देशको मित्रतालाई अझ प्रगाढ बनाउने समेत उल्लेख गर्नुभएको छ ।

Back to top button