एसबाट निर्वाचित सांसदलाई युवा संघले सम्मान गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरुलाई युवा संघले सम्मान गर्ने भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा युवा संघले सम्मान गर्ने भएको हो।

त्यसका लागि आज दिउँसो १२ बजे ललितपुरको हिमालयन होटलममा बधाई तथा सम्मान कार्यक्रम राखिएको छ।

यस्तै, एसबाट १० जना सांसद निर्वाचित भएका छन्। एसले सरकारमा जाने कि नजाने भन्नेबारे अहिलेसम्म टुंगो लगाएको छैन।

Back to top button