प्रदेश १ मा पुष २८ गते सभामुखको चुनाव हुने

विराटनगर । प्रदेश १ मा पुष २८ गते सभामुखको निर्वाचन हुने भएको छ । उपसभामुखको चुनाव भने पुस २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो।

आज संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। सचेतक भण्डारीले दिएको जानकारी अनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ।

यस्तै, सभामुख माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन्। माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीको दाबी रहेको छ।

Back to top button