पदभार ग्रहणमा किन ढिलो भयो प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरूलाई ?

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको सपथ ग्रहण र पदभार ग्रहण गर्नुभएको छ ।

आज दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण गर्नुभएका मुख्यमन्त्रीले लगत्तै पुष्पलाल चोकमा संस्थापक नेता पुष्पलालको शालिकमा माल्यार्पण गर्न पुग्नुभएको थियो ।

त्यसपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको थियो । उहाँको स्वागतको लागि मुख्यमन्त्री कार्यलयमा कर्मचारीहरू तैनाथ भएर बसेका थिए ।

तर करिब ३ बजे आईपुग्ने भनिएपनी मुख्यमन्त्री कार्की साँझ सवा ६ बजे मात्र आइपुग्नु भएको थियो ।

उहाँको प्रतिक्षामा बसेका कर्मचारी, सन्चारकर्मी र शुभेच्छुकहरूमा भने आखिर मुख्यमन्त्री तथा नव नियुक्त मन्त्रीहरू कहाँ जानुभयो भन्ने कौतुहलता देखियो ।

सोहीबेला मोबाईलको नेट्वर्कले समेत काम नगरेपछी प्रतिक्षारतमा एक किसिमको आक्रोश समेत देखियो ।

आखिर कहाँ जानुभएको थियो मुख्यमन्त्री तथा मन्त्रीहरू ?

पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेर फर्कदै गर्दा मुख्यमन्त्री कार्कीले मानव सेवा आश्रम विराटनगरमा आश्रीतहरूसँग खुशीयाली साट्ने मन जाग्यो ।

त्यसपछी मुख्यमन्त्रीसँगै मन्त्रीहरू सवार गाडी विराटनगर ३ स्थित मानव सेवा आश्रम पुग्यो । त्यहाँ आश्रीतहरूलाई मुख्यमन्त्री र मन्त्रीहरू आफैले भोजन गराउनुभयो ।

त्यसपछी पुन सोही आश्रमको अर्को विराटनगर १० स्थित भवनमा आश्रीत महिला तथा बालबालिकाहरू भएको स्थानमा पुगेर खुशीयाली साट्न पुग्नु भएको थियो ।

पदभार ग्रहण अघि आश्रम पुग्नुको उद्देश्यका बिषयमा मुख्यमन्त्री कार्कीले खुशीयाली साट्न अन्यत्र जानू भन्दा असहाय, बेसहारा दिनदुखीलाई आश्रय दिने आश्रम जानू उपयुक्त लागेर गएको प्रतिक्रिया दिनुभयो ।

उँहाले भन्नुभयो, राज्यले गर्नुपर्ने दायीत्वलाई आश्रमले गर्दै आएको छ, त्यसलाई पनि सहयोग गर्नुपर्छ र हौसला प्रदान गर्नुपर्छ ।

उक्त आश्रमले असहाय मानव, दिनदुखी र असहायको संरक्षण र पालनपोषण गर्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘सबै मिलेर अब पनि गरिब भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।’

Back to top button