प्रदेश १ मा नौ मन्त्रालय के के भए ? (भिडियोसहित)

विराटनगर । प्रदेश १ सरकारको आज बसेको मन्त्री परिषदको बैठकले ९ वटा मन्त्रालयको नाम टुङ्ग्याएको छ । प्रदेश नम्बर १ कार्यविभाजन नियमावली २०७९ स्वीकृत गर्दै मन्त्रालयको टुङ्गो लगाएको हो ।
यी हुन मन्त्रालय
(१) मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
(२) आर्थिक मामिला तथा योजना मन्त्रालय
(३) आन्तरिक मामिला तथा कानून मन्त्रालय
(४) सडक पुर्वाधार तथा सहरी बिकास मन्त्रालय
(५) स्वास्थ्य मन्त्रालय
(६) खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय
(७) उधोग, कृषी तथा सहकारी मन्त्रालय
(८) सामाजिक विकास मन्त्रालय
(९) पर्यटन, वन तथा वातावरण मन्त्रालय
यस्तै बैठकले अर्को निर्णय नभएसम्मको लागि मन्त्री भक्तिप्रसाद सिटौलालाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ । यसैगरीए नेपाल सरकारका पुर्व सचिव चन्द्र घिमिरेको सम्योजकत्वमा, बाबुराम पौडेल सदस्य र मुख्यमन्त्री कार्यालयका सहसचिव सदस्य-सचिव रहने गरि प्रशासनिक सुधार अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।
हेरौं मन्त्रीपरिषदको निर्णय

Back to top button