यसरी भयो प्रदेश १ सरकारमा मन्त्रालय बाँडफाँडः कुन मन्त्रालय कसलाई ?

विराटनगर । प्रदेश १ सरकारमा विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । हिजो बेलुका बसेको मन्त्रिपरिषद बैठकपपछि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको हो ।

बैठकले प्रदेशमा कायम रहेका १३ वटा मन्त्रालयलाई घटाएर ९ बनाएपछि विना विभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रदेशमा हाल मुख्यमन्त्री कार्कीसहित ७ जना मन्त्री हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफूसँगै राख्नुभएको छ ।

यस्तै एमालेका तिलकुमार मेन्यान्ग्बोलाई खानेपानी तथा ऊर्जा मन्त्रालय र मन्त्री बुद्धिकुमार राजभण्डारी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीका दुर्गाप्रसाद चापागाईं सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय हुँदा जीवन आचार्यलाई पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राप्रपाका भक्तिप्रसाद सिटौला उद्योग कृषि तथा सहकारीमन्त्री र जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालयको जिम्मा पाउनुभएको छ ।

Back to top button