प्रदेश १ सरकारको आगामी कार्यकाल प्रभावकारी हुन्छः मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश– १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको आगामी कार्यकाल प्रभावकारी बन्ने बताउनुभएको छ ।

आज विराटनगरमा प्रदेश लोकसेवा आयोगको तेस्रो वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारको अबको समय चुनैतीपूर्ण रहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको संरचना जनताले महसुस गर्ने गरी नेपालको संघीयता कार्यान्वयन गर्दै जानुपर्ने बताउनुभयो । लोकसेवा आयोगको कानुन बनउँदा विभिन्न प्रश्न उठे पनि सबैसँगको छलफलमा ऐन निर्माण भएको बताउनुभयो ।

प्रदेश संरचना जनताले महसुस गर्न पाउने गरी काम गर्ने बताउँदै उहाँले प्रदेशलाई थप व्यवस्थित गर्न चुनौती भने रहेको बताउनुभयो । प्रदेश सरकारको स्थायित्व कायम गर्न जनता, संघीय सरकार र स्थानीय तहले प्रदेशलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

Back to top button