
विराटनगर । पूर्व(पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ मा आज बिहान स्कुल बसले ठक्कर दिँदा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६१८२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नवीनराज राईका अनुसार दुर्घटनामा परेर उर्लाबारी–८ का ८० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।
पैदल हिँडिरहेका बेला बिहान ६ बजेतिर पथरीशनिश्चरेस्थित पञ्चायत माध्यमिक विद्यालयको बसले तामाङलाई ठक्कर दिएको थियो। गम्भीर घाइते हुनुभएका तामाङको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ३ः ३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनालगत्तै प्रहरीले बस र चालक पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको अनुसन्धान अघि बढाएको छ।