
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त हुनुभएको छ । भारतका देशाईलाई युवा तथा खेलकुद मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी मुख्य प्रशिक्षक नियुक्तिको बाटो खुला गरेको हो।
उहाँलाई मुख्य प्रशिक्षक नियुक्त गर्न झण्डै एक महिना लामो प्रक्रिया लागेको थियो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) संघ संस्था समन्वय शाखाले युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइसकिएको र क्यानले त्यसलाई औपचारिक रुप दिनेछ।
प्रमुख प्रशिक्षक नियुक्त भएपनि मोन्टीसँग औपचारिक सम्झौता भने बाँकी नै छ। सम्झौता गरी मोन्टीले औपचारिक रुपमा प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जानकारी दिएको छ ।
उहाँले औपचारिक नियुक्ति नपाइ नै अघिल्लो साताको आइतबारदेखि नेपाल क्रिकेट टिमलाई अनौपचारिक प्रशिक्षण गराउनुदै आउनुभएको छ ।