बक्तृत्वकला प्रतियोगितामा एभरेष्ट प्रथम

विराटनगर । विकल्प–एन अल्टरनेटिभका फेलोजहरुले विराटनगर महानगरपालिका संगको सहकार्यमा आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा विराटनगर – को एभरेष्ट सेकेण्डरी स्कुल प्रथम भएको छ ।

‘नेपालमा उद्यमशीलताको महत्त्व, अवसर र चुनौती’ बिषयक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागि १८ विद्यालय मध्ये एभरेष्ट प्रथम भएको हो ।

एभरेष्टका कक्षा ९ मा अध्यनरत छात्र इशल भट्टराई प्रथम हुनुभएको हो भने बुढानिलकण्ठ स्कुलकी कक्षा ९ मा अध्यनरत छात्रा शिरिन भट्टराई द्धित्तिय हुनुभयो ।

यस्तै सेन्ट जोसेफ स्कुल विराटनगरका कक्षा ९ मा अध्यनरत छात्र जयश कर्ण तृतिय हुँदा आदर्श माविका कक्षा १० मा अध्यनरत छात्र युनिश नेपालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमस ७०००, ५००० र ३००० प्राप्त गर्नुको साथै सर्टिफिकेट र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा विराटनगरका १८ वटा निजि तथा सामुदायिक बिद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा हरेक प्रतियोगीहरुलाई ५ मिनेटको समय दिइएको थियो ।

विजेताहरुलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला, बिशिस्ट अथिति उप–मेयर शिल्पा निराला कार्कीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

विकल्प–एन अल्टरनेटिभका अध्यक्ष डा. भेष प्रसाद धमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको निर्णायक को भूमिका प्रदेश– १ खेलकुद विकास बोर्डकी उपाधक्ष जिना कार्की, वेकप कफी विराटनगरका सञ्चालक अभिनायक मल्ल तथा बारी रोस्टरिका सञ्चालक युनेशराज श्रेष्ठले निर्वाह गर्नुभएको थियो ।

 १५० जना भन्दा बढी सहभागि रहेको उक्त कार्यक्रमलाई महानगरका मेयर कोइराला, उपमेयर कार्कीलगायतले सम्बोधन गर्नुभएको थियो । महानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितालाई विराटनगर महानगरपालिका, वेकप कफी, मयुर प्रिन्ट प्रेस, बसन्त मल्टी पर्पोज कन्स्ट्रक्सन कम्पनि प्रालि तथा ग्लोबल होराइजन एजुकेसन प्रालिले सहयोग गरेका थिए ।

कुनै पनि देशको आर्थिक विकासमा उद्यम र ब्यापारको महत्वपूर्ण भूमिका हुन्छ, नेपाल यसको अपबाद हुन सक्दैन भन्ने सन्देश प्रवाह गर्दै प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Back to top button