अभिनेतृ मानन्धरको चरित्र हत्या गरेको आरोपमा युट्युबर खनाल पक्राउ

काठमाडौं । अभिनेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। युट्युबमा करिश्माको चरित्र हत्‍या गर्ने किसिमको भ्रम फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

खनाल युट्युबका भाइल व्यक्ति हो । उहाँलाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरू गरिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिनुभयो ।

अभिनेतृ तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध २५ माघमा प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको थियो।

यस्तै, खनालले करिश्मा लिभिङ टुगेदरमा रहेको भन्दै युट्युबमा अन्तरवार्ता दिनुभएको थियो।

Back to top button