डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

डोटी । डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेवका जीप चालक ३६ वर्षीय गोविन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

केआईसिंह गाउँपालिका डुम्राकोटडोटीमाका तेज तिरुवा र उहाँकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर रहेको छ । उहाँहरु दुवै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

समान्य घाइते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार सामान्य उपचार पछि घर फर्किनुभएको छ । डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ५०–६० मिटर तल खसेको थियो ।

दुर्घटनाको जानकारी प्राप्त भए लगत्तै वायलबाट प्रहरी सहायक निरीक्षक चन्द्र बहादुर कार्कीको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

यस्तै, घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Back to top button