रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ ।

आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिनुभएको छ ।

सत्तासीन माओवादी केन्द्रसहित आठ दलको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।

Back to top button