कांग्रेस नेताहरु भोट माग्न आज राप्रपा कार्यालय जाँदै

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आज साँझ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुलाई भेट्ने भएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेट्न लागिएको एक नेताले बताए । कांग्रेस र राप्रपाका नेताहरुको भेट साँझ ६ बजे राप्रपाको पार्टी कार्यालयमा हुनेछ ।

राष्ट्रपति निर्वाचन आउदो २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

Back to top button