सुनसरी एमाले सार्वजनिक स्थलको संरक्षण र सौन्दर्यकरण गर्ने अभियानमा

विराटनगर । नेकपा एमाले सुनसरीले जिल्लाका विभिन्न सार्वजनिक स्थलहरूको संरक्षणको अभियान थालेको छ । सङ्गठन सुधारका लागि एमालेले सुरु गरेको ग्रासरुट अभियान अन्तरगत सार्वजनिक स्थलको रङ रोगन सजावट र बगैँचा निर्माणसमेत गर्ने भएको हो ।

यस्ता सार्वजनिक स्थलको नामकरण गर्न सहजीकरण गर्ने, यस्ता सार्वजनिक स्थलमा पार्टीको पहिचान हुने खाले फूलबारी निर्माण गरी नामकरण गर्ने समेत तयारी गरेको छ । यसका लागि एमालेले सुनसरीका १ सय २४ वटै वडामा जिम्मेवारी तोकेको छ ।

नेकपा एमाले सुनसरीको सातौँ जिल्ला कमिटीको पूर्ण बैठकले १२ वटा पालीकाका वडामा जिम्मेवारी तोकेको जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले बताउनुभयो । बैठकले सबै जिल्ला सदस्यहरूलाई फरक भूगोल हुने गरी जिम्मेवारी निर्धारण गरेको छ ।

अभियान अन्तरगत अभिमुखीकरण कार्यक्रममा १० औँ महाधिवेशनको नारा र कार्यदिशाका बारेमा जानकारी दिँदै विधान, नियमावली, दस्ताबेज, अपानी, निर्देशन र सर्कुलरको बिषयमा छलफल हुनेछ ।

यस्तै अभियानका क्रममा वडा तथा टोल कमिटीको अधिवेशन कहिले भएको हो ? सबैको मिति यकिन गर्ने एमाले सुनसरीले जनाएको छ ।

Back to top button