होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा प्रवेश

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी–२० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई ४४ रनले हराउँदै होराइजन क्वाटरफाइनलमा पुगेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५५ रनको स्कोर बनाएको थियो । होराइजनका फिदोस अन्सारीले २९ बलमा ३० रन बनाउँदा निरज मुखियाले २८ बलमा २२ रनको योगदान दिनुभएको थियो ।

जोगवनीका समित, राजिव र जयन्तले समान २–२ विकेट लिनुभएको थियो । यस्तै, १ सय ५६ रनको बिजय लक्ष्य पछ्याएको जोगवनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय ११ रनमा समिति भयो ।

होरिजनका दिपेश कन्डेलले ३ विकेट लिनुभयो भने दिपक राज जोशी र सवर्ण किस्कुले समान २–२ विकेट लिनुभएको थियो । जोगवनीका सुमितलले २२ बलमा १९ रन र राजाले ११ बलमा १६ रनको योगदान दिनुभएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच ३० रन र १ विकेट लिने हिरोइजनका फिदोस अन्सारी घोषित हुनुभयो ।

उहाँले नगद १ हजार १ सय रुपैयाँको साथै आर्षकण गिफट ह्याम्पर पाउनुभयो । आज २ वटा खेल हुनेछ । पहिलो खेल एनबीएससी विराटनगर बोस्टन झापा क्रिकेट क्लब बीच हुनेछ । सोही दिन हुने दोस्रो खेल भारतको कटियार र बैशाली पटना क्रिकेट क्लबबीच हुनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास मन्त्री कोशी प्रदेशका बुद्धीकुमार राजभण्डारीले गर्नुभएको थियो ।

चैत १५ देखि २५ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको ७ र नेपालको ११ गरी १८ वटा टिमको सहभागिता हुने मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका उपाध्यक्ष राजन राज बानाले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । उपबिजेताले ६१ हजार रुपैयाँ पाउनेछन् ।

म्यान अफ द श्रीजिद हुने खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटमेनले ११ हजार, बेस्ट बलरले ११ हजार, इमेजिङ्ग प्लेरले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर २६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

Back to top button