संसदमा पशुपतिको जलहरीबारे उठेको प्रश्नका सन्दर्भमा सर्वदलीय बैठक जारी

काठमाडौं । प्रतिनिधिसभामा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक जारी छ ।

सभामुखको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी छन् । जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेका बेला पशुपतिको जलाहरी लगाउँदा अनियमितता भएको भनी प्रश्न उठाउनुभएको थियो । सुनको जलहरी भनेर पित्तल लगाइएको उहाँको आरोप थियो ।

उक्त आरोप सत्यताका आधारित नभएको भनी एमालेले विरोध जनाएको छ । एमालेले गलत आरोप लगाइएको भन्दै प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो ।

सर्वदलीय बैठक नयाँ वानेश्वरस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी छ ।

Back to top button