प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएको छ। आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीको प्रतिनिधिमण्डल बीच भएको भेटवार्ता सकिएको हो।

भेटवार्तामा नेपाल र भारतका मन्त्री, सचिवहरुसमेत सहभागीता थियो । उहाँहरुबीच २ देशको हितका विषयमा छलफल भएको छ। भेटवार्तापछि पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि आज बिहान प्रधानमन्त्री प्रचण्डले गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गर्नुभएको थियो । उहाँले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारणसमेत गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने हुनुभएको छ ।

उहाँ भोलि ४ः३५ बजे राष्ट्रपति भवन पुग्नुहुने छ । त्यहाँ उहाँले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि उहाँ ८ः३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नुहुने छ ।

Back to top button